कोटेशन आह्वानको सूचना [INSURANCE]
मिति: २०८२/१२/०५ (19th March-2026)
विषय: कर्मचारीहरूको दुर्घटना तथा स्वास्थ्य बीमा (सन् २०२६) को प्रस्ताव सम्बन्धमा।
यस सेतो गुराँस राष्ट्रिय बालविकास सेवा मा कार्यरत करिब ६० जना कर्मचारीहरूको सन् २०२६ को डिसेम्बर ३१ सम्मका लागि सामूहिक दुर्घटना तथा स्वास्थ्य बीमा गराउनुपर्ने भएकाले इच्छुक बीमा कम्पनीहरूबाट देहायका सर्तहरूको अधीनमा रही सिलबन्दी कोटेशन माग गरिन्छ।
१. बीमाको विवरण
कुल कर्मचारी संख्या: करिब ६० जना (थपघट हुन सक्ने)।
सामूहिक दुर्घटना बीमा (GPA): प्रति कर्मचारी [रु. ७,००,०००] को कभर।
सामूहिक स्वास्थ्य बीमा (Medical): भर्ना (IPD) र बहिरङ्ग (OPD) दुवै सेवा समेटिएको। प्रति कर्मचारी रु १,००,०००।
अवधि: अप्रिल देखि डिसेम्बर २०२६ सम्म।
२. प्रस्तावमा संलग्न गर्नुपर्ने कागजातहरू
बीमा प्राधिकरणबाट प्राप्त इजाजतपत्र।
कम्पनी दर्ता र स्थायी लेखा नम्बर (PAN/VAT) प्रमाणपत्र।
अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र (आव २०८१/८२)। ।
नगद रहित (Cash less) सुविधाका लागि उपलब्ध गराइने अस्पतालहरुको सूची ।
३. प्रस्ताव बुझाउने प्रक्रियाः
कोटेशन बुझाउने अन्तिम मितिः २०८२ चैट १२ (26th March-2026) गते भित्र यस कार्यालयको प्रशासन शाखामा सिलबन्दी खाममा बुझाउनुपर्नेछ।
सम्पर्क स्थानः सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा
ठेगानाः झम्सिखेल ३, ललितपुर
