कर्मचारी (मेन्टर) आवश्यकता सम्बन्धी सूचना
प्रकाशित मितिः २०८३ वैशाख ३, बिहिवार
प्रारम्भिक उमेरका बालबालिकाको अन्तरनिहित क्षमता प्रष्फुटन तथा सर्वाङ्गीण विकासको अधिकार सुनिश्चतताका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाको सहकार्यमा सञ्चालित "ECD Harmony– Building Bright Beginners in Solukhumbu and Ramechhap" परियोजना अन्तर्गत देहाय बमोजिमका कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरिन्छ ।
- कार्यक्षेत्रः सोलुखुम्बु जिल्ला: महाकुलुङ गाउँपालिका
- पद: मेन्टर
- आवश्यक संख्या : जम्मा- १ जना
- अवधि : डिसेम्बर २०२६ सम्म । (विस्तारको सम्भावना छ ।)
न्यूनतम शैक्षिक योग्यता तथा अनुभव :
- शिक्षा संकायमा प्रविणता प्रमाणपत्र उत्तीर्ण (१०+२) वा सो सरह ।
- शिक्षण पेशा वा प्रारम्भिक बालविकासको क्षेत्रमा कम्तिमा १ वर्षको कार्यअनुभव भएको ।
- समुदाय परिचालन सम्बन्धि दक्षता भएको ।
- स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ, प्र.अ., शिक्षक, अभिभावक तथा स्याहारकर्तासँग समन्वय गर्न सक्ने ।
- प्रारम्भिक बालविकास केन्द्रका सहजकर्तालाई प्राविधिक सहयोग गर्ने ।
- तथ्यांक संकलनको अनुभव भएको ।
- नेपालीमा प्रतिवेदन तयार पार्न सक्ने क्षमता भएको ।
- कम्प्यूटर सम्बन्धि आधारभूत ज्ञान तथा सिप भएको (MS Word, excel, PowerPoint)
- स्थानीय बासिन्दालाई प्राथमिकता दिइनेछ ।
६. मेन्टरको मूख्य जिम्मेवारीहरू (Key Responsibilities)
६.१ समन्वय तथा सहकार्य
- स्थानीय तह, वडा, विद्यालय, बालविकास केन्द्रमा र समुदायमा प्रारम्भिक वालविकास कार्यक्रम सञ्चालनका लागी निरन्तर समन्वय तथा सहकार्य गर्ने ।
- जिल्ला परियोजा अधिकृत तथा फिल्ड कार्यलयमा निरन्तर समन्वय तथा सहकार्य गर्ने ।
- समुदाय स्तरका अन्य सस्थाका कर्मचारीहरुसग आवश्यक समन्वय तथा सहकार्य गर्ने ।
६.२ कार्यक्रम कार्यन्वयन
- जिल्ला परियोजा अधिकृतसंग समन्वय गरी वडा, विद्यालय, बालविकास केन्द्र र समुदायमा कार्यक्रमको योजना बनाउन सहयोग गर्ने ।
- वडा, विद्यालय, बालविकास केन्द्र र समुदायमा सञ्चालन गरिने क्रियाकलापहरुमा सहभागीता र आवश्यकता अनुसार सहजीकरण गर्ने ।
- विद्यालय र बाल विकास केन्द्रमा नियमित रूपमा प्राविधिक सहयोग तथा सहजीकरण गर्ने ।
- बाल विकास केन्द्रमा पाठ्यक्रम अनुसार र दैनिक कार्यतालिका अनुसार कक्षा संचालन गर्न प्राविधिक सहयोग गर्ने ।
- विषयवस्तु अनुसार शैक्षिक सामग्री तयार गर्न सहयोग गर्ने ।
- बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्डको आधारमा विद्यालय तथा बालविकास केन्द्रको बाहिरी तथा केन्द्र भित्रको सिकाइ वातावरणमा (६ ओटौ सिकाइ क्षेत्र तथा खेल सामग्री) लाई व्यवस्थित गर्न सहयोग गर्ने ।
- विद्यालय तथा बालविकास केन्द्रमा सहयोग भएको सामग्रीहरु प्रयोग भए नभएको सुनिश्चित गर्ने ।
- विद्यालय तथा बालविकास केन्द्रमा वालबालिकाको सरसफाई भए नभएको सुनिश्चित गर्ने ।
- बालविकास शिक्षकहरूलाई निर्माणात्मक मूल्यांकनको स्रोत पुस्तिका अनुसार क्रियाकलाप गर्न सहयोग गर्ने । विद्यालय तथा वालविकास केन्द्रमा कक्षा व्यवथापनका क्रियाकलाप तथा अभिभावक, विद्यालय व्यवस्थापन समिति (SMC) तथा अभिभावक-शिक्षक संघ (PTA) का बैठकहरु गर्न सहयोग गर्ने ।
- बालबालिकाको व्यक्तिगत फाइल व्यवस्थापन गर्न सहयोग गर्ने ।
- जिल्ला परियोजना अधिकृतसँग समन्वय गरी फिल्ड-स्तरका गतिविधिहरू र तालिम कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग
गर्ने । - प्रत्येक दुई महिनामा आयोजना हुने समिक्षा बैठकहरूमा सक्रिय रूपमा सहभागिता जनाउने र समयमै प्रगति प्रतिवेदन पेश गर्ने ।
- वडा अध्यक्ष, स्थानीय सरकारका पदाधिकारी तथा गैरसरकारी साझेदारहरूसँग सहकार्य गर्दै परियोजना गतिविधिहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने ।
- विद्यालय व्यवस्थापन समिति (SMC) तथा अभिभावक-शिक्षक संघ (PTA) का बैठकहरूमा सहभागी भई कार्ययोजना र प्रगतिको जानकारी प्रस्तुत गर्ने ।
- वडा-स्तरका बैठकहरूमा सहभागी भई आफ्नो योजना बारे जानकारी गराउने तथा आवश्यक छलफलमा सहयोग गर्ने ।
६.३ क्षमता अभिवृद्बि
- विद्यालय तथा वालविकास केन्द्रमा तालिम सञ्चालन गर्न सहयोग गर्ने ।
- कक्षामा प्रभावकारी सिकाई क्रियाकलाप संचालन गर्न आवश्यक पर्ने सामग्री तयार गर्न सहयोग गर्ने ।
- निर्माणात्मक मूल्यांकनको फारम भर्न बालविकास सहजकर्तालाई सहयोग गर्ने ।
- विद्यालय तथा बालवालिकाहरुको सिकाइ क्रियाकलाप सचालनको लागी स्थानीय सामग्रीहरुको अधिक प्रयोग गर्ने ।
- पाठ योजना बनाउन सहयोग गरि कार्यन्वयन गर्न सहयोग गर्ने ।
६.४ समुदायमा सञ्चालन भइरहेका अभिभावक शिक्षा कक्षाहरू सहजीकरणमा गर्न सहयोग गर्ने ।
- बाल विकास केन्द्रको पाठ्यक्रम र दैनिक कार्यतालिका अनुसार कक्षा संचालन भए नभएको अनुगमन गर्ने ।
- विद्यालय तथा बालविकास केन्द्रको बाहिरी तथा केन्द्र भित्रको सिकाइ वातावरणमा सरसफाइ भए नभएको अनुगमन गर्ने ।
- महिनामा कम्तीमा ६ देखि ८ वटा बालविकास केन्द्र तथा विद्यालयमा अनुगमन गर्ने ।
- आयोजित कार्यक्रमहरूको प्रतिवेदन तयार गरी जिल्ला परियोजना अधिकृत समक्ष पेश गर्ने, साथै सफलता कथाहरू संकलन र लेखन गर्ने।
- मासिक कार्ययोजना, टाइमसिट तथा मासिक प्रगति प्रतिवेदन तयार पारेर जिल्ला परियोजना अधिकृतलाई बुझाउने ।
- कार्यक्रम सग सम्वन्धित आवश्यक तथ्या सकलन तथ अद्यावधीक गर्ने ।
६.५ सुरक्षा तथा जोखिम व्यवस्थापन
- संस्थाका वित्तीय तथा भौतिक सम्पत्तिहरूको सुरक्षा सुनिश्चित गर्ने ।
- संस्थाको संरक्षण (Safeguarding) तथा यौन शोषण, दुर्व्यवहार र उत्पीडन रोकथाम (PSEA) सम्बन्धी नीतिहरूको पूर्ण पालना गर्ने ।
- सम्भावित जोखिमहरूको पहिचान गरी समयमै जानकारी गराउने ।
- संस्थाको नीति तथा निर्देशिका अनुसार सस्थाले तोकेको अन्य जिम्मेवारीहरू पूरा गर्ने ।
- संस्थाको विधानअनुसार जिल्ला परियोजना अधिकृत वा परियोजना संयोजकबाट तोकिएका अन्य कार्यहरू सम्पादन गर्ने ।
-
-
- सेवा सुविधा संस्थाको नियमअनुसार हुनेछ ।
- उल्लेखित योग्यता पुगेका आवेदकहरुले निवेदन सहित आफ्नो CV यस संस्थाको केन्द्रिय कार्यलय, झम्सिखेल-ललितपुर, वा सोताङ्स्थित फिल्ड कार्यलय अथवा महाकुलुङ गाउँपालिकाको कार्यलयमा भौतिक रुपमा उपस्थित भइ १० वैशाख २०८३, बिहिवार, (April 23, 2026), कार्यालय समय ५:०० बजे भित्र बुझाउनुपर्नेछ । (सो समयावधि पछी प्राप्त निवेदन मान्य हुनेछैन)
- छनौटमा परेका आवेदकहरुलाई लिखित र मौखिक परिक्षाको लागि सम्पर्क गरिनेछ ।
-
नोटः हामी (सेतो गुराँस राष्ट्रिय बालविकास सेवा) यस संस्था भित्र समावेशीकरण र विविधताको महत्वमा दृढ विश्वास गर्दछौं र महिला, अल्पसंख्यक र आदिवासी समूदायीका योग्य उम्मेदवारहरुलाई दृढतापूर्वक दरखास्तको लागि प्रोत्साहित गर्दछौं । यस संस्थामा जागिरको लागि आवेदन दिने उम्मेद्वारहरु हाम्रो बालसंरक्षण मापदण्ड तथा बालयौन शोषण र दुव्र्यव्यहार बिरुद्धको संरक्षण निर्देशिकाको पालना गर्न तयार हुनुपर्दछ । यस संस्थाको मूल्यमान्यता तथा मिसनसँग मेल नखाने आचरणमा यस संस्थाको शून्य-सहिष्णुता नीति छ, त्यसैले छनौट गरिएका सबै उम्मेद्वारहरुले यी मापदण्ड र सिद्धान्तहरु पालना गर्ने अपेक्षा गरिन्छ ।
