X

शिलबन्दी बोलपत्र आह्वान सम्वन्धी सूचना [सेफ्टी ट्यांकी निर्माण कार्यको लागि]

प्रथम पटक प्रकाशित मिति: २०८३/०८/०२

सेतो गुराँस राष्ट्रिय बालविकास सेवा र Childaid Network Foundation  को साझेदारीमा सञ्चालित "Strengthening Quality Early Childhood Development in Umakunda RM through a Model ECED Center" परियोजना अन्तर्गत नमूना बाल विकास केन्द्र उमाकुण्ड–२, रामेछाप जिल्लामा रहेको पुरानो सेफ्टी ट्यांकीको फोहोर फ्याँकी नयाँ सेफ्टी ट्यांकी निर्माण कार्य गर्नुपर्ने भएकोले अनुभवी एवं इच्छुक इजाजत प्राप्त व्यक्ति/फर्म/कम्पनीहरूबाट रितपूर्वकको शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरिन्छ ।

  • शिलबन्दी बोलपत्र सम्बन्धि कागजात यस संस्थाको कार्यालयमा सूचना प्रकाशित भएको मितिबाट ७ (सात)   दिन अर्थात मिति २०८३ मंसीर ०८ गते व ५:०० बजे भित्र बुझाई सक्नुपर्नेछ । 

  • आवरण पत्र (Cover Letter) र दरभाउ पत्र (Financial Proposal) स्पष्ट रूपमा उल्लेख गरेर शिल्ड वा लाहाछापले खामबन्दी गरी पेश गर्नुपर्नेछ। उल्लेख गरिएको मूल्यमा भ्याट (VAT) वा कर समावेश हुनुपर्नेछ।"
  •  रित पूर्वक कार्यालयमा पेश भएका शिलबन्दी दरभाउपत्र कागजात यस संस्थाको केन्द्रीय खरिद समिति  द्धारा खोलिने छ ।

निर्माण गर्नुपर्ने काम:

 

SN

 

Particular

Description of Work

Unit

Quantity

1

  1. ६X ६ को पुरानो सेफटी ट्यांकीको फोहोर (Toilet ) निकालेर फ्याँक्ने

 

 

 

  1. १०x १० फीट / गहिराई ८ फीट को नयाँ सेफटी ट्यांकीको निर्माण गर्ने

Dismantling works of stone masonry tank

m3

10.50

2

Stone soling works

m3

1.89

3

Concreting works (1:2:4)

m3

12.84

4

Reinforcement

kg

329.37

5

Plaster (1:4)

m2

14.50

6

Formwork

m2

8.05

7

Inlet and vent pipe (25mm dia PN 12.5mm)

rm

20.00

 

माथि उल्लेखित आवश्यक कार्यको लागि आवश्यक विस्तृत विवरण (Specification) [यहाँ क्लिक गरी डाउनलोड गर्न सकिन्छ]
वा  सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको कार्यालयबाट प्राप्त गर्न सकिन्छ।

बोलपत्र पेश गर्दा संलग्न गर्नुपर्ने कागजात तथा न्यूनतम शर्तहरु:
(क) फर्म, कम्पनी तथा संस्था दर्ता प्रमाण पत्र अद्यावधिक भएको फोटोकपी
(ख) मूल्य अभिवृद्धि कर प्यान दर्ता प्रमाण–पत्रको फोटोकपी
(ग) अद्धावधिक कर चुक्ता प्रमाण–पत्रको वा म्याद थप पत्रको फोटोकपी (Latest Tax clearance certificate  or Extension letter)
(घ) सम्वन्धित कार्यमा सेवा प्रदायकको रुपमा कम्तिमा १ (एक) बर्षको कार्य अनुभव भएको ।
(ङ) कुनै पनि कालोसूचीमा नपरेको हुनुपर्ने ।
(च) प्राविधिक प्रस्ताव पेश गरेको हुनुपर्ने ।

नोट:

  • निर्माण कार्य सम्पन्न पश्चात वडा वा पालिकाको प्राविधिक मार्फत कार्य सम्पन्न गुणस्तर मुल्यांकन गरिनेछ र सो निर्माण कार्यको मुल्यांकन गरी स्वीकृत भएपश्चात भुक्तानी गरिनेछ ।
  • म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।
  • बालसंरक्षण नीतिको पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।
  • दरभाउपत्र स्वीकृती तथा अस्वीकृती सम्बन्धी सम्पूर्ण अधिकार सेतो गुराँस राष्ट्रिय बाल विकास सेवामा निहित हुनेछ ।

शिलबन्दी बोलपत्र पेश गर्ने ठेगाना:
सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको कार्यालय झम्सिखेल–३, ललितपुर 
वा
नमूना बाल विकास केन्द्र उमाकुण्ड –२ रामेछाप
सम्पर्क नं: ०१–५४५४०१९, ०१–५४५२९७५