X

Apply for a Job

Description

  • Designation: मेन्टर (Mentor)
  • Number of Vacancy: 1
  • Posted Date: 2024-04-02
  • Qualification: 10+2
  • Min. Experience: 1
  • Last Apply Date: 2024-04-07

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, झम्सिखेल - ३, ललितपुर

प्रारम्भिक उमेरका बालबालिकाको अंतर्निहित क्षमता प्रष्फुटन तथा सर्वाङ्गिण विकासको अधिकार सुनिश्चतताका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा बि.स. २०३६ सालमा स्थापना भएको गैर सरकारी संस्था हो । गोगुलगंगा गाँउपालिकाका प्रारम्भिक बालविकास देखि कक्षा ३ सम्मका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षामा पँहुचका साथै विद्यालय तथा घरमा पनि बालमैत्री वातावरण सिर्जनाका लागि “गुणस्तरीय शिक्षा सुदृढीकरणका लागि प्रारम्भिक बालशिक्षा तथा विकास र आधारभूत शिक्षा प्रवर्धन परियोजना” सञ्चालन गर्नका लागि देहायका कर्मचारीको दरखास्त आह्वान गरिन्छ ।

कार्यक्षेत्र: गोगुलगंगा गाँउपालिका, बागमती प्रदेश, रामेछाप

पद

आवश्यकता

अवधि

न्युनतम योग्यता तथा अनुभव

मेन्टर

९ महिना (३१ डिसेम्बर २०२४)

  • शिक्षा संकायमा प्रविणता प्रमाणपत्र उतिर्ण (१०+२) वा सो सरह ।
  • शिक्षा वा प्रारम्भिक बालविकास क्षेत्रमा कम्तिमा १ वर्षको कार्यअनुभव तथा जानकारी भएको । 
  • समुदाय परिचालनमा अनुभव ।
  • पालिका, विद्यालय, विद्यालय व्यवस्थापन समिति तथा अभिभावक शिक्षक संघ, शिक्षक, अभिभावक तथा स्याहारकर्तासँग समन्वय गर्न सक्ने ।
  • प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरु तथा कक्षा १ देखि ३ सम्मका शिक्षकहरुलाई प्राविधिक सहयोग गर्न सक्ने । 
  • तथ्यांक संकलनको अनुभव भएको । 
  • नेपालीमा प्रतिवेदन तयार पार्न सक्ने क्षमता भएको । 
  • कम्प्यूटरको आधारभूत ज्ञान तथा सिप भएको । 
  • उमेर २५ वर्ष पुरा भई ४० ननाघेको । 
  • दूईपाङ्ग्रे सवारी साधनको लाइसेन्स प्राप्त । 
  • स्थानीय (रामेछाप जिल्लामा घर भई) बसोबास गर्ने ।
  • तलब सुविधा संस्थाको नियमअनुसार हुनेछ । 
  • योग्यता पुगेका आवेदकहरुले निवेदन सहित आफ्नो वायोडाटा निम्न ठेगाना (ईमेल) [email protected] मा आगामी आइतबार २०८० चैत्र २५ गते ४ बजे भित्रमा पठाउनुपर्नेछ । 
  • छनौटमा परेका आवेदकहरुलाई लिखित र मौखिक परिक्षाको लागि सम्पर्क गरिनेछ ।

Apply for Job!






  •