X

बाल विकास रणनीति बन्दै

काठमाडौँ — सरकारले प्रारम्भिक बाल विकास रणनीति तयार गर्ने भएको छ । राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाको संयोजकत्वमा बाल विकास रणनीति निर्माण समिति गठन गरिएको आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले जानकारी दिए । समितिले तीन महिनाभित्र रणनीति तयार पार्नेछ । 

प्रारम्भिक बाल विकासका लागि संघीय सांसदको सहकार्य समन्वय समूह (ईसीडी ककस) द्वारा प्रकाशित ‘नेपालमा प्रारम्भिक बाल विकास प्रवर्द्धन’ पुस्तिका सार्वजनिक कार्यक्रममा सोमबार कँडेलले समितिले तयार पारेको रणनीतिअनुसार अघि बढिने जानकारी दिए । बालहितमा कार्यरत संस्था सेतो गुराँस राष्ट्रिय बाल विकास केन्द्रले राष्ट्रसंघीय बालकोष (युनिसेफ), प्लान नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा उक्त पुस्तिका तयार पारिएको हो ।

‘गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाको प्रारम्भिक विकासको अधिकार सुनिश्चित गर्न आवश्यक पक्षबारे पुस्तिकामा समेटिएको छ,’ राष्ट्रिय सभा सांसद विमला राई पौड्यालले भनिन्, ‘प्रारम्भिक बाल विकासका लागि पहुँच नपुगेका र पुगेका स्थानमा पनि गुणस्तरीय सिकाइका निम्ति संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण हुनुपर्छ ।’

 

 

 

 

Courtesy & source: published on कान्तिपुर संवाददाता