अपांगता समावेशी प्रारम्भिक बालविकास तथा शिक्षा” कार्यक्रम अन्तर्गत किर्तिपुर नगरपालिकाका १९ जना प्रारम्भिक बालविकास शिक्षकहरुका लागि समावेशी बालविकास र प्रारम्भिक पहिचान सम्बन्धी ५ दिने तालिम
नेपाल सरकार, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (Center For Education And Human Resources Development) को सहकार्य, UNICEF Nepalको सहयोग तथा ह्यान्डिक्याप इन्टरनेशलन र Seto Gurans NCDS: सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोगमा तथा किर्तिपुर नगरपालिकाको समन्वयमा संचालित ‘‘अपांगता समावेशी प्रारम्भिक बालविकास तथा शिक्षा” कार्यक्रम अन्तर्गत किर्तिपुर नगरपालिकाका १९ जना प्रारम्भिक बालविकास शिक्षकहरुका लागि समावेशी बालविकास र प्रारम्भिक पहिचान सम्बन्धी ५ दिने तालिम" किर्तिपुरमा सम्पन्न भएको छ ।
उक्त तालिम शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक गुणस्तर परिक्षण केन्द्र , किर्तिपुर नगरपालिका तथा कार्यक्रमसँग सम्बन्धित संस्थाहरु युनिसेफ नेपाल, ह्यान्डिक्याप इन्टरनेशलन र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाबाट सहजीकरण गरिएको थियो ।