X

Commitment for Implementation of National ECD Strategy

हाम्रो प्रतिवद्धता र आह्वान

“गर्भावस्थादेखि आठवर्षका सबै बालबालिकाको सर्वोत्तम हित तथा सर्वाङ्गीण विकासको अधिकारलाई सुनिश्चित गर्नका लागि उमेरअनुसारको स्वास्थ्य, पोषण, सुरक्षा, संरक्षण, शिक्षा, उत्प्रेरणा, र उचित स्याहार सहितको कार्यक्रम कार्यान्वयनका लागि बहुपक्षीय समन्वयमा सक्रिय भूमिका निर्वाह गछौँ ।”

नेपाल सरकार, राष्ट्रिय योजना आयोग (National Planning Commission), र युनिसेफ नेपाल UNICEF Nepal को आयोजकत्व, सेतो गुराँस राष्ट्रिय बालविकास सेवा (Seto Gurans Ncds) लगायत इसिडी कन्सोर्टियमका सदस्य संस्थाहरूको समन्वय र सहयोग एवं बालविकास क्षेत्रमा कार्यरत थप अन्य गैरसरकारी संघसंस्थाहरूको ऐक्यवद्धतामा "प्रारम्भिक बालविकास राष्ट्रिय रणनीतिको कार्यान्वयनमा बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी संघसस्था सञ्जालको भूमिकासम्बन्धी गोष्ठी" सम्पन्न भएको छ ।

उद्देश्यः

• प्रारम्भिक बालविकास रणनीति (२०७७-८८)मा गैरसरकारी संघसंस्थाका सञ्जाललाई प्रवोधिकरण गर्ने

• प्रारम्भिक बालविकास रणनीतिको कार्यान्वयनमा गैरसरकारी संघसंस्थाको एक्यवद्धता लिने र भूमिकाबारे प्रष्ट पार्ने

• संघसंस्थाले प्रारम्भिक बालविकासको क्षेत्रमा हाल गरिरहेको कार्यहरू, थप गर्नुपर्ने कार्यहरू र अन्य क्षेत्रसँगको समन्वय आवश्यकताको नक्साङ्कन गर्ने

#CommittmentForImplementation_of_National ECD Strategy