१५ औं वार्षिक साधारण सभा
#सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको
१५ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न !
सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १५ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न । संस्थाको अध्यक्ष श्री राज्यलक्ष्मी नकर्मी ज्यूको अध्यक्षता तथा संस्थापक एवं उपाध्यक्ष श्री अगाथा पाख्रिन थापा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा केन्द्रिय कार्य समितिका पदाधिकारीहरु, संस्थापक सदस्य, आजिवन सदस्य, संस्थागत एवं साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
साधारण सभाको उद्घाटन सत्रमा विभिन्न जिल्ला सेतो गुराँस बालविकास सेवा, विकास साझेदार संस्था एवं अन्य निकायबाट आमन्त्रित अतिथिहरुबाट शुभकामना मन्तव्य व्यक्त भएको थियो । यसैगरी सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले अनवरत रुपबाट प्रारम्भिक बालविकास क्षेत्रमा पु¥याई आएको योगदान प्रति कदर गर्दै सेतो गुराँस बालविकास सेवा झापाले सम्मान स्वरुप सम्मान—पत्र प्रदान गरेको थियो ।
#Service through selfless deeds.
#Committed to strengthening ECD opportunities!