सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनमा प्रारम्भिक बालविकाससम्बन्धी प्रस्तुति
सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनमा प्रारम्भिक बालविकाससम्बन्धी प्रस्तुति ।
सम्मेलनमा सेतो गुँरास राष्ट्रिय बालविकास सेवाका कार्यवाहक कार्यकारी निर्देशक शशी बि.सी.ले "सर्वाङ्गीण बालविकासको अधिकार प्रवर्धनका लागि नीतिगत व्यवस्था" तथा युनिसेफ नेपालका शिक्षा विशेषज्ञ (प्रारम्भि बालविकास) डा. दिपु शाक्यले "प्रारम्भिक बाल शिक्षामा विद्यालय व्यवस्थापन समितिको भूमिका" विषयमा प्रस्तुति गर्नु भएको थियो ।
साथै, सम्मेलनमा अन्य सरकारी तथा गैरसरकारी निकायहरूबाट पनि विद्यालय व्यवस्थापन समिति सम्बन्धी प्रस्तुति भएको थियो । सम्मेलन "हामी सुधार गछौँ हाम्रो विद्यालय, बलियो बनाउछौँ सार्वजनिक शिक्षा" भन्ने मूल नाराका साथ वि.स.२०७९ चैत्र २१ र २२ गते काठमाण्डौंमा आयोजना भएको थियो ।