X

स्थानीय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माण सम्बन्धि परामर्श कार्यशाला !

युनिसेफ नेपाल UNICEF Nepal तथा Seto Gurans NCDS: सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको संयुक्त सहयोग र लालझाडी गाउँपालिकाको सहकार्यमा संचालित "नेपालमा प्रारम्भिक बाल शिक्षा र विकास कार्यक्रम सवलिकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजना" अन्तर्गत लालझाडी गाउँपालिकाका अध्यक्ष श्री निर्मल राना ज्यूको अध्यक्षतामा स्थानीय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माण सम्बन्धि २ दिने परामर्श कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालाले प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरुको उमेर अनुसारको सेवा सुनिश्चता गर्ने, सबै बालबालिकाहरुलाई स्वास्थ्य, पोषण, संरक्षण, सुरक्षा, उत्प्रेरणा, मनोरञ्जन, शिक्षा, खानेपानी तथा सरसफाई सम्बन्धी एकीकृत रुपमा सेवा प्रदान तथा प्रवाहमा परिवार, समुदायको सहभागिता, संलग्नता र जिम्मेवारी अभिवृद्धि गर्नका साथै बालविकास कार्यक्रम सहितको नीतिगत व्यवस्था जस्ता महत्वपूर्ण क्षेत्रमा स्थानीय सरकारद्धारा कार्यविधि तयार गरी कार्यन्वयन गर्ने अपेक्षा लिइएको छ ।

कार्यशालामा गाउँपालिका उपाध्यक्ष श्री सपना चौधरी राना लगायत कार्यपालिकाका विषयगत शाखा प्रमुखहरु, वडाअध्यक्षहरु, गाउँपालिका समितिका सदस्यहरु, तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।