X

स्थानीय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माणसम्बन्धी परामर्श कार्यशाला

युनिसेफ नेपाल UNICEF Nepal तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा Seto Gurans Ncds को संयुक्त सहयोग र लालबन्दी नगरपालिकाको सहकार्यमा संचालित "नेपालमा प्रारम्भिक बाल शिक्षा र विकास कार्यक्रम सवलीकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजना" अन्तर्गत लालबन्दी नगरपालिकाका नगर प्रमुख श्री वासुदेव अधिकारीज्यूको अध्यक्षतामा स्थानीय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माणसम्बन्धी २ दिने परामर्श कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालाले प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरूको उमेरअनुसारको सेवा सुनिश्चता गर्ने, सबै बालबालिकालाई स्वास्थ्य, पोषण, संरक्षण, सुरक्षा, उत्प्रेरणा, मनोरञ्जन, शिक्षा, खानेपानी तथा सरसफाईसम्बन्धी एकीकृत रूपमा सेवा प्रदान तथा प्रवाहमा परिवार, समुदायको सहभागिता, संलग्नता र जिम्मेवारी अभिवृद्धि गर्नका साथै बालविकास कार्यक्रम सहितको नीतिगत व्यवस्था जस्ता महत्वपूर्ण क्षेत्रमा स्थानीय सरकारद्वारा कार्यविधि तयार गरी कार्यान्वयन गर्ने अपेक्षा लिइएको छ ।

कार्यशालामा लालबन्दी नगरपालिका उप-प्रमुख श्री कल्पना माया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत श्री तारानाथ लुईटेल लगायत कार्यपालिकाका विषयगत शाखा प्रमुखहरूकाे उपस्थिति रहेको थियो ।