X

स्थानीय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माणसम्बन्धी परामर्श कार्यशाला

नारायण नगरपालिकाको सहकार्य तथा युनिसेफ नेपाल र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको संयुक्त सहयोगमा सञ्चालित "नेपालमा प्रारम्भिक बालशिक्षा र विकास कार्यक्रम सवलीकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजना" अन्तर्गत नारायण नगरपालिकाका नगर प्रमुख श्री लोमन शर्माको अध्यक्षतामा पालिकाका उप-प्रमुख श्री तप्ता थापा, प्रमुख प्रशासकीय अधिकृत श्री भक्त बहादुर मल्ल लगायत अन्य पदाधिकारीहरूको उपस्थितिमा "स्थानीय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माणसम्बन्धी परामर्श कार्यशाला" सम्पन्न भएको छ । 
२ दिन सम्म सञ्चालन भएको उक्त कार्यशालाले प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरूको उमेरअनुसारको सेवा सुनिश्चता गर्ने, सबै बालबालिकालाई स्वास्थ्य, पोषण, संरक्षण, सुरक्षा, उत्प्रेरणा, मनोरञ्जन, शिक्षा, खानेपानी तथा सरसफाइसम्बन्धी एकीकृत रूपमा सेवा प्रदान तथा प्रवाहमा परिवार, समुदायको सहभागिता, संलग्नता र जिम्मेवारी अभिवृद्धि गर्नका साथै बालविकास कार्यक्रम सहितको नीतिगत व्यवस्था जस्ता महत्त्वपूर्ण क्षेत्रमा स्थानीय सरकारद्वारा कार्यविधि तयार गरी कार्यान्वयन गर्ने अपेक्षा लिइएको छ ।