X

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

प्रारम्भिक उमेरका बालबालिकाको अन्तरनिहित क्षमता प्रष्फुटन तथा सर्वाङ्गीण विकासको अधिकार सुनिश्चतताका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले रामेछाप जिल्लाका ३ स्थानीय तहहरू (लिखु तामाकोशी गाँउपालिका, मन्थली नगरपालिका रामेछाप नगरपालिका) तथा सोलुखुम्बु जिल्लाका ३ स्थानीय तहहरू (माप्य दुधकोशी गाउँपालिका, सोताङ गाउँपालिकामहाकुलुङ गाउँपालिका) को सहकार्यमा सञ्चालित ECD Harmony परियोजना अन्तर्गत देहाय बमोजिमका कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरिन्छ ।

कार्यक्षेत्रः

  • रामेछाप जिल्ला: लिखु तामाकोशी गाँउपालिका, मन्थली नगरपालिका रामेछाप नगरपालिका
  • सोलुखुम्बु जिल्ला: माप्य दुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका महाकुलुङ गाउँपालिका

पद

आवश्यक  संख्या

अवधि

न्यूनतम शैक्षिक योग्यता तथा अनुभव

मेन्टर

जम्मा- ७ जना

 

रामेछाप जिल्ला- ४ जना

(लिखुतामाकोशी गा.पा. -२ जना

मन्थली न.पा. -१ जना

रामेछाप न.पा. -१ जना)

 

 

सोलुखम्बु जिल्ला- ३ जना

(माप्यदुधकोशी गा.पा. -२ जना

महाकुलुङ गा.पा. – १ जना)

जुन २०२५ देखि डिसेम्बर २०२५ सम्म ।

 

(विस्तारको सम्भावना छ ।)

  • शिक्षा संकायमा प्रविणता प्रमाणपत्र उत्तीर्ण (१०+२) वा सो सरह ।
  •  शिक्षण पेशा वा प्रारम्भिक बालविकासको क्षेत्रमा कम्तिमा १ वर्षको कार्यअनुभव भएको ।
  •  समुदाय परिचालन सम्बन्धि दक्षता भएको
  • स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ, प्र.अ., शिक्षक, अभिभावक तथा स्याहारकर्तासँ समन्वय गर्न सक्ने ।
  •  प्रारम्भिक बालविकास केन्द्र तथा कक्षा ३ सम्मका शिक्षकहरुलाई प्राविधिक सहयोग गर्न सक्ने ।
  •  तथ्यांक संकलनको अनुभव भएको ।
  •  नेपालीमा प्रतिवेदन तयार पार्न सक्ने क्षमता भएको ।
  •  कम्प्यूटर सम्बन्धि आधारभूत ज्ञान तथा सिप भएको (MS Word, excel, PowerPoint)
  •  उमेर २५ वर्ष पुरा भई ४० ननाघेको ।
  • स्थानीय बासिन्दालाई प्राथमिकता दिइनेछ ।
  • सेवा सुविधा संस्थाको नियमअनुसार हुनेछ ।
  • उल्लेखित योग्यता पुगेका आवेदकहरुले निवेदन सहित आफ्नो वायोडाटा निम्न ठेगाना (ईमेल)  [email protected] मा आगामी २८ जेठ २०८२, बुधवार (June 11, 2025), कार्यालय समय ४:०० बजे  भित्र पठाउनुपर्नेछ । (सो समयावधि पछी प्राप्त निवेदन मान्य हुनेछैन)
  • छनौटमा परेका आवेदकहरुलाई लिखित र मौखिक परिक्षाको लागि सम्पर्क गरिनेछ ।


नोट: महिला, सीमान्तकृत समुदाय तथा अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ