X

कर्मचारी (बालविकास संयोजक) आवश्यकता सम्बन्धी सूचना ।

प्रकाशित मितिः २०८२ असार १८ गते

 

श्री सोताङ गाउँपालिका तथा चाइल्डएड नेटवर्क फाउन्डेशन र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, ललितपुरको संयुक्त सहयोगमा सञ्चालित "ECD Harmony – Building Bright Beginners in Solukhumbu and Ramechhap" परियोजना अन्र्तगत त्यस गाउँपालिकाको मातहतमा रहने गरी रिक्त बालविकास संयोजक पदमा खुला प्रतियोगितात्मक परिक्षाबाट सेवा करारमा कर्मचारी आवश्यकता भएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ कार्यलय दिनभित्र तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारबाट दरखास्त आव्हान गरिन्छ ।

 

 क्र.स.

विज्ञापन नं.

पद

माग संख्या

कार्यक्षेत्र

कैफियत

 

बालविकास संयोजक

सोताङ गाउँपालिका

 

  • अवधि : डिसेम्बर २०२५ सम्म । (विस्तारको सम्भावना छ ।)

 

आवश्यक न्यूनतम योग्यता विवरणः

१. न्यूनतम शैक्षिक योग्यताः 

- नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा शिक्षा शास्त्र वा अन्य विषयमा स्नातक उत्तीर्ण गरेको ।

२.अनुभवः

- बहुक्षेत्रीय (स्वास्थ्य, पोषण, सुरक्षा, उत्प्रेरणा, सहजीकरण प्रविधि र बालस्याहार आदि) कार्यक्रमका लागि कम्तिमा २ वर्ष अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिइनेछ ।

- प्रारम्भिक बालविकास सम्बन्धी नीति नियम तथा कार्यक्रम बारेमा जानकार हुनुपर्ने,

- स्थानीय योजना निर्माण र प्रक्रिया सम्बन्धी अनुभव र ज्ञान भएको हुनुपर्ने,

- अभिभावक शिक्षा, अभिभावक अभिमुखीकरण कार्यक्रम सम्बन्धी अनुभव भएको हुनुपर्ने,

- प्रारम्भिक बालविकास तथा एकीकृत प्रारम्भिक बालविकास सम्बन्धी राम्रो ज्ञान भएको,

- स्थानीय सरकार र सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरी विभिन्न कार्यशाला र तालिम सञ्चालन गर्न सक्ने ।

 

प्रारम्भिक बालविकास संयोजकको जिम्मेवारीः

- ‘‘प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७–२०८८’’ को प्रभावकारी कार्यान्वयनका लागि समन्वय तथा पैरवी,

- कार्यान्वयन समन्वय (शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ, खानेपानी, कृषि तथा पशुपंक्षी सेवा व्यवस्थापन, बालकल्याण अधिकारी, महिला बालबालिका, सम्बन्धित वडा, स्वास्थ्य चौकी, विद्यालय, प्रारम्भिक बालविकास केन्द्र, अभिभावक, संघ संस्था, समूहहरू, समुदाय तथा सरोकारवालासँगको समन्वय, पैरवी)

- संविधान, ऐन, नीति, नियमावली, निर्देशनिका, कार्यनीति, बालमैत्री स्थानीय शासन, बहुक्षेत्रीय पोषण, ‘‘प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७–२०८८’’ सम्बन्धी (संघ, प्रदेश र स्थानीय सरकार संचालन ऐन अधिकारको आधारमा स्थानीय सरकारको ‘‘प्रारम्भिक बालविकास रणनीति’’को अवधारणा, आधार, मान्यता सम्बन्धिको कार्यनीति, कार्यक्रमहरू समेत तथा स्वीकृतिका लागि तयारी)

- बालमैत्री विद्यालयका लागि सरोकारवालासँग आवश्यक समन्वय तथा सहकार्य गर्ने

- एकीकृत प्रारम्भिक बालविकास कार्यक्रम सम्बन्धी स्थानीय सरकारद्वारा संचालित कार्यक्रमको आवश्यकताको पहिचान तथा तथ्यांक संकलनका साथै मूल्याङ्कन, अभिलेखीकरण

- गुणस्तरीय प्रारम्भिक बालविकासको एकीकृत सेवा पहुँचका लागि अभिभावक शिक्षा कार्यक्रमको पैरवी, सहजिकरण, समन्वय, अनुगमन, मूल्याङ्कन र प्रतिवेदन तयारी

- सम्बन्धित स्थानीय सरकारको योजना निर्माणमा एकीकृत प्रारम्भिक बालविकाससँग सम्बन्धित कार्यक्रम योजना, बजेट, स्रोत सामग्री, तालिम, अभिमुखीकरण, गोष्ठी तथा बालबालिकाका लागि सेवा सुविधाहरू योजनामा समावेश गराउन समन्वय गर्ने

- पालिकामा सम्बन्धित क्षेत्रमा काम गर्ने संघ संस्थाहरूसँग समन्वय र सहकार्य गरी कामकाज गर्ने

- स्थानीय सरकारको योजना निर्माण प्रक्रियामा सहभागी भई एकीकृत प्रारम्भिक बालविकासका कार्यक्रमहरू समावेश गराउने लागि सहकार्य तथा पैरवी

- वस्तीस्तर तथा वडा स्तरबाट एकीकृत प्रारम्भिक बालविकासका कार्यक्रमहरू/योजना छनौटमा सहकार्य तथा समन्वय गर्ने

- सबै कार्यक्रम तथा क्रियाकलापको अभिलेखीकरण र सशक्त प्रतिवेदन तयारी, यससँग सम्बन्धित कार्य योजना तथा प्रगति प्रतिवेदन सम्बन्धित पालिका, र सेतो गुराँस राष्ट्रिय बालविकास सेवालाई समयमा समन्वय तथा कार्ययोजना बुझाउने

- प्रमुख प्रशासकीय अधिकृतको मार्गनिर्देशनमा रही कामकाज गर्ने

 

३.प्राथमिकताः सम्बन्धित पालिकाको बासिन्दालाई प्राथमिकता दिइनेछ । सम्बन्धित पालिकामा उपयुक्त आवेदक नभएको खण्डमा नजिक पालिकाको हुनुपर्ने ।

४. दरखास्तसाथ पेश गर्नुपर्ने आवश्यक कागजातः शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, र अनुभवको प्रमाणपत्रको प्रतिलिपि

५. उल्लेखित योग्यता पुगेका आवेदकहरुले निवेदन सहित आफ्नो CV यस संस्थाको केन्द्रिय कार्यलय, झम्सिखेल-ललितपुर, वा सोताङ्स्थित फिल्ड कार्यलय अथावा सोताङ गाउँपालिकाको कार्यलयमा भौतिक रुपमा उपस्थित भइ बुझाउन सकिनेछ वा ईमेल  [email protected] मा २४ असार २०८२, मंगलवार (July 08, 2025), कार्यालय समय ५:०० बजे  भित्र पठाउनुपर्नेछ । (सो समयावधि पछी प्राप्त निवेदन मान्य हुनेछैन)

६. छनौट प्रक्रियाः लिखित तथा मौखिक अन्तर्वार्ता (छोटो सुचीमा परेका उम्मेदवारलाई मात्र लिखित परिक्षामा समावेश गरिनेछ।)

७. सेवा सुविधा संस्थाको नियमअनुसार हुनेछ ।

 

नोटः हामी (सेतो गुराँस राष्ट्रिय बालविकास सेवा) यस संस्था भित्र समावेशीकरण र विविधताको महत्वमा दृढ विश्वास गर्दछौं र महिला, अल्पसंख्यक र आदिवासी समूदायीका योग्य उम्मेदवारहरुलाई दृढतापूर्वक दरखास्तको लागि प्रोत्साहित गर्दछौं । यस  संस्थामा जागिरको लागि आवेदन दिने उम्मेद्वारहरु हाम्रो बालसंरक्षण मापदण्ड तथा  बालयौन शोषण र दुव्र्यव्यहार बिरुद्धको संरक्षण निर्देशिकाको पालना गर्न तयार हुनुपर्दछ । यस संस्थाको मूल्यमान्यता तथा मिसनसँग मेल नखाने आचरणमा यस संस्थाको शून्य—सहिष्णुता नीति छ,, त्यसैले छनौट गरिएका सबै उम्मेद्वारहरुले यी मापदण्ड र सिद्धान्तहरु पालना गर्ने अपेक्षा गरिन्छ ।