कर्मचारी (मेन्टर) आवश्यकता सम्बन्धी सूचना !
प्रकाशित मितिः २०८२ असार १८ गते
प्रारम्भिक उमेरका बालबालिकाको अन्तरनिहित क्षमता प्रष्फुटन तथा सर्वाङ्गीण विकासको अधिकार सुनिश्चतताका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको सहकार्यमा सञ्चालित "ECD Harmony – Building Bright Beginners in Solukhumbu and Ramechhap" परियोजना अन्तर्गत देहाय बमोजिमका कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरिन्छ ।
कार्यक्षेत्रः सोलुखुम्बु जिल्ला: माप्य दुधकोशी गाउँपालिका
पद: मेन्टर
आवश्यक संख्या : जम्मा- १ जना
अवधि : डिसेम्बर २०२५ सम्म । (विस्तारको सम्भावना छ ।)
न्यूनतम शैक्षिक योग्यता तथा अनुभव :
- शिक्षा संकायमा प्रविणता प्रमाणपत्र उत्तीर्ण (१०+२) वा सो सरह ।
- शिक्षण पेशा वा प्रारम्भिक बालविकासको क्षेत्रमा कम्तिमा १ वर्षको कार्यअनुभव भएको ।
- समुदाय परिचालन सम्बन्धि दक्षता भएको ।
- स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ, प्र.अ., शिक्षक, अभिभावक तथा स्याहारकर्तासँग समन्वय गर्न सक्ने ।
- प्रारम्भिक बालविकास केन्द्र तथा कक्षा ३ सम्मका शिक्षकहरुलाई प्राविधिक सहयोग गर्न सक्ने ।
- तथ्यांक संकलनको अनुभव भएको ।
- नेपालीमा प्रतिवेदन तयार पार्न सक्ने क्षमता भएको ।
- कम्प्यूटर सम्बन्धि आधारभूत ज्ञान तथा सिप भएको (MS Word, excel, PowerPoint)
- उमेर २५ वर्ष पुरा भई ४० ननाघेको ।
- स्थानीय बासिन्दालाई प्राथमिकता दिइनेछ ।
मेन्टरको जिम्मेवारीः
- प्रारम्भिक बाल विकास केन्द्रहरूलाई स्थलगत प्राविधिक सहयोग प्रदान गर्ने र कम्तीमा ६ देखि ८ वटा बाल विकास केन्द्र तथा विद्यालयहरूमा महिनामा दुई पटक अनुगमन गर्ने।
- जिल्ला परियोजना अधिकृत संग परियोजनाका गतिविधि तथा तालिम कार्यक्रमहरूको सफल कार्यान्वयन सुनिश्चित गर्न जिल्ला सुपरिवेक्षकसँग समन्वय गर्ने।
- द्वमासिक बैठकहरूमा सक्रिय रूपमा सहभागी हुने र आवश्यकतानुसार प्रगति प्रतिवेदनहरू पेश गर्ने।
- विभिन्न तालिमहरूमा सहभागी हुने र तालिम कार्यक्रमहरू आयोजना गर्न सहयोग गर्ने।
- परियोजनाका गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडाध्यक्षहरू तथा गैसस (गैर-सरकारी सरोकारवालाहरू) सँग सहकार्य गर्ने।
- विद्यालय व्यवस्थापन समिति तथा अभिभावक-शिक्षक संघ का बैठकहरूमा सहभागी भई कार्य योजना र प्रगतिको अद्यावधिक जानकारी प्रस्तुत गर्ने।
- समुदायमा सञ्चालन भएका अभिभावक शिक्षा सत्रहरूको अनुगमन गर्ने।
- वडा स्तरका बैठकहरूमा सहभागी भई जानकारी हासिल गर्ने र छलफलमा योगदान दिने।
- कार्यक्रम प्रतिवेदनहरू र सफलताको कथाहरू तयारी गरी जिल्ला परियोजना अधिकृतलाई पेश गर्ने।
- कार्यक्रम प्रतिवेदनहरू र सफलताको कथाहरू तयारी गरी जिल्ला परियोजना अधिकृतलाई पेश गर्ने।
- कार्य योजना तयार गर्ने, मासिक समय तालिका बनाउने र जिल्ला परियोजना अधिकृतसँग साझा गर्ने।
संस्थाको विधानअनुसार जिल्ला परियोजना अधिकृत वा परियोजना संयोजकबाट तोकिएका अन्य कार्यहरू सम्पादन गर्ने।
सेवा सुविधा संस्थाको नियमअनुसार हुनेछ ।
-- उल्लेखित योग्यता पुगेका आवेदकहरुले निवेदन सहित आफ्नो CV यस संस्थाको केन्द्रिय कार्यलय, झम्सिखेल-ललितपुर, वा सोताङ्स्थित फिल्ड कार्यलय अथावा माप्य गाउँपालिकाको कार्यलयमा भौतिक रुपमा उपस्थित भइ बुझाउन सकिनेछ वा ईमेल [email protected] मा २४ असार २०८२, मंगलवार (July 08, 2025), कार्यालय समय ५:०० बजे भित्र पठाउनुपर्नेछ । (सो समयावधि पछी प्राप्त निवेदन मान्य हुनेछैन)
-- छनौटमा परेका आवेदकहरुलाई लिखित र मौखिक परिक्षाको लागि सम्पर्क गरिनेछ ।
नोटः हामी (सेतो गुराँस राष्ट्रिय बालविकास सेवा) यस संस्था भित्र समावेशीकरण र विविधताको महत्वमा दृढ विश्वास गर्दछौं र महिला, अल्पसंख्यक र आदिवासी समूदायीका योग्य उम्मेदवारहरुलाई दृढतापूर्वक दरखास्तको लागि प्रोत्साहित गर्दछौं । यस संस्थामा जागिरको लागि आवेदन दिने उम्मेद्वारहरु हाम्रो बालसंरक्षण मापदण्ड तथा बालयौन शोषण र दुव्र्यव्यहार बिरुद्धको संरक्षण निर्देशिकाको पालना गर्न तयार हुनुपर्दछ । यस संस्थाको मूल्यमान्यता तथा मिसनसँग मेल नखाने आचरणमा यस संस्थाको शून्य—सहिष्णुता नीति छ,, त्यसैले छनौट गरिएका सबै उम्मेद्वारहरुले यी मापदण्ड र सिद्धान्तहरु पालना गर्ने अपेक्षा गरिन्छ ।