‘‘प्रारम्भिक बालविकास प्रादेशिक रणनीति (वि.सं. २०७८–२०८२)" निर्माणका लागि परामर्श कार्यक्रम, प्रदेश सरकार, कर्णाली प्रदेश
प्रारम्भिक उमेरका बालबालिकाका लागि नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार सुनिश्चित गर्न प्रदेश तथा स्थानीय तहमा नीति, योजना र कार्यक्रमहरू तर्जुमा गर्न मार्ग निर्देशनका लागि ‘‘प्रारम्भिक बालविकासका लागि सङ्घीय तथा प्रदेश सभा सदस्यहरूको सहकार्य समन्वय समूह (ECD CAUCUS)’’ को आयोजनामा ‘‘प्रारम्भिक बालविकास प्रादेशिक रणनीति (वि.सं. २०७८–२०८२)“ निर्माणका लागि परामर्श कार्यक्रम प्रदेश सरकार, कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री श्री महेन्द्र बहादुर शाहीज्यूको प्रमुख आतिथ्यतामा वि.सं. २०७७ साउन ८ गते सु–सम्पन्न भयो ।
यस कार्यक्रमको अध्यक्षता कर्णाली प्रदेश सभा माननीय सदस्य श्री सीता नेपाली, सङ्घीय प्रतिनिधि सभा माननीय सदस्य श्री सत्य पहाडी, र कर्णाली प्रदेश, सामाजिक विकास मन्त्री माननीय श्री दल रावलज्यू, कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीज्यू, माननीय सदस्यहरू, अन्य सङ्घीय तथा प्रदेश सभा माननीय सदस्यज्यूहरू, सरोकार मन्त्रालयका सचिवज्यूहरू लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकार निकायहरूको सम–उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रमले प्रारम्भिक बालविकास प्रादेशिक रणनीति निमार्ण गर्न अनुमति प्राप्त भयो । त्यसको साथै कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा. पुण्यप्रसाद रेग्मीज्यूको अध्यक्षतामा १५ सदस्यीय निर्देशक समिति गठन भयो । रणनीति निमार्णको लागि प्रारम्भिक बालविकास विज्ञ श्री मधु राजभण्डारीज्यूले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।