X

‘‘प्रारम्भिक बालविकास प्रादेशिक रणनीति (वि.सं. २०७८–२०८२)" तयारी तथा निर्माणसम्बन्धी परामर्श कार्यक्रम, प्रदेश सरकार, प्रदेश नं.२

प्रारम्भिक उमेरका बालबालिकाका लागि नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार सुनिश्चित गर्न प्रदेश तथा स्थानीय तहमा नीति, योजना र कार्यक्रमहरू तर्जुमा गर्न मार्ग निर्देशनका लागि ‘‘प्रारम्भिक बालविकासका लागि सङ्घीय तथा प्रदेश सभा सदस्यहरूको सहकार्य समन्वय समूह (ECD CAUCUS)’’ को आयोजनामा ‘‘प्रारम्भिक बालविकास प्रादेशिक रणनीति (वि.सं. २०७८–२०८२) तयारी तथा निर्माणसम्बन्धी परामर्श कार्यक्रम, प्रदेश सरकार, प्रदेश नं.२ का माननीय मुख्यमन्त्री श्री लालबाबु राउतज्यूको प्रमुख आतिथ्यतामा वि.सं. २०७७ असोज ४ गते सु–सम्पन्न भयो ।


यस कार्यक्रममा प्रदेश नं.२, प्रदेश सभा माननीय सदस्य श्री गोविन्द प्रसाद न्यौपानेज्यूको अध्यक्षता, प्रदेश नं.२, सामाजिक विकास मन्त्री श्री नवलकिशोर साह (सुडी)ज्यू, प्रदेश नं.२, प्रदेश नीति तथा योजना आयोगका माननीय उपाध्यक्ष डा. भोगेन्द्र झाज्यू, माननीय राज्यमन्त्री श्री अभिराम शर्माज्यू, प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश नं.२ र माननीय प्रतिनिधि सभा सदस्य श्री सरिता कुमारी गिरीज्यू, सदस्य, प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरुको सहकार्य समन्वय समूहको विशिष्ट आतिथ्यताका साथै माननीय सदस्यहरू, अन्य सङ्घीय तथा प्रदेश सभा माननीय सदस्यज्यूहरू, सरोकार मन्त्रालयका सचिवज्यूहरू लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकार निकायहरूको सम-उपस्थितिमा सम्पन्न भएको थियो ।