X

प्रशिक्षक प्रशिक्षण सम्पन्न

कक्षा १ मा शिक्षण गर्ने शिक्षकहरूका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (ELDS) बमोजिम सिकाइ तथा विकास स्तर मापन र सुधारात्मक सिकाइ सहयोगसम्बन्धी “प्रशिक्षक प्रशिक्षण” सम्पन्न ।

उक्त "५ दिने प्रशिक्षक प्रशिक्षण" नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्य तथा युनिसेफ नेपालको सहयोगमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको आयोजनामा सम्पन्न भएको हो । प्रमुख अतिथि, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक श्री रुद्रप्रसाद अधिकारी ज्यूले तालिमका सहभागिहरूलाई शुभकामना संगै प्रमाण-पत्र प्रदान गर्नुभएको थियो ।