X

सूचीकृत हुन आह्वान  गरिएको सम्बन्धमा।

सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा
झम्सिखेल–३, ललितपुर
मिति २०८२ साल जेठ २७ गते

सूचीकृत हुन आह्वान  गरिएको सम्बन्धमा।

यस सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका लागि आवश्यक पर्ने तपशिल बमोजिमको सेवा प्रदान गर्न इच्छुक व्यक्ति, संस्था/फर्मबाट आ.व.२०८२/८३ का लागि सुचिकृत हुन आव्हान गरिन्छ । इच्छुक व्यक्ति, संस्था/फर्मबाट तपशिल बमोजिमको आवश्यक कागजात सहित संस्थाको निम्न ठेगाना तथा तल उल्लेखित लिंकमा अनलाइन फाराम भरि तथा बुझाइ  सुचीकृत हुन अनुरोध गरिन्छ ।

तपशिल:

-- कार्यालय प्रयोजनका लागि मसलन्द तथा स्टेशनरी सामग्री
-- डिजाइन, छपाई, प्रिन्टिङ सम्बन्धि कार्य
-- अफिस इकुइप्मेन्ट (कम्प्युटर, फोटोकपी, प्रिन्टिङ मेसिन, टेलिफोन, इलेक्ट्रोनिक सामग्री र सोको मर्मत सम्बन्धि कार्य),
-- अफिस इकुइप्मेन्ट तथा ईलेक्ट्रोनिक सामग्री मर्मत सेवा
-- आवासिय तथा गैर आवासिय तालिम/ कार्यक्रम सञ्चालनका लागि तालिम हल सहितको सेवा प्रदायक होटल तथा रेष्टुरेण्ट व्यवसयि
-- लाइफ इन्स्योरेन्स तथा नन लाइफ इन्स्योरेन्स सेवा
-- सफ्टवेयर निर्माण, जडान तथा मर्मत सम्भार
-- कुरियर तथा ट्रान्सपोर्ट/ढुवानी सेवा
-- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ टिकट
-- सवारी साधन भाडामा तथा रिजर्भका लागि
-- पपेट, पुतली, कपासको खेलौना, कपासको चकटि लगायतको सामग्री तयार गर्ने संस्था/कम्पनी,
-- कार्यालयका लागि आवश्यक पर्ने अन्य सामग्रीहरु (Office Supplies), सरसफाई सम्बन्धि सामग्री, ग्रोसरी सम्बन्धि सामग्रीहरु,
-- ईसिडी किट बक्स 
-- कक्षाकोठा व्यवस्थापनका लागि आवश्यक फर्निचर फर्निसिङ सामग्री तथा फलामको बाह्य खेल सामग्रीको लागि 
-- अफिस सेटअपको लागि आवश्यक फर्निचर फर्निसिङको सामग्री
-- बालमैत्री खेल तथा सिकाई सामग्रीहरु
-- बालमैत्री किताबहरु प्रकाशन तथा सप्लाई सम्बन्धि कार्य
-- प्रारम्भिक बालविकास सम्बन्धि तालिमका लागि श्रोतव्यक्ति
-- एकिकृत पाठ्यक्रम सम्बन्धि तालिमका लागि श्रोतव्यक्ति
-- शैक्षिक सामग्री तथा खेलौना निर्माण सम्बन्धि तालिमका लागि श्रोतव्यक्ति
-- बाल मनोबिज्ञान तथा व्यवहार व्यवस्थापन सम्बन्धि तालिमका लागि श्रोतव्यक्ति
-- प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७–८८ अन्तर्गत पालिका स्तरीय रणनीति निर्माणका लागि श्रोत व्यक्ति
-- अभिभावक शिक्षा तालिमका लागि स्रोतव्यक्ति
-- स्याहारकर्ता तालिमका लागि श्रोतव्यक्ति
-- समावेशी प्रारम्भिक बालविकास तथा शिक्षा सम्बन्धि तालिमका लागि श्रोत व्यक्ति
-- विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको क्षमता अभिबृद्दि सम्बन्धि तालिमका लागि श्रोतव्यक्ति
--प्रारम्भिक बालविकास सम्बन्धि अध्ययन अनुसन्धान गर्ने संस्था/कम्पनी 
-- आर्थिक व्यवस्था, कोष सङ्कलन तालिम (Fundraising Training), कार्यविधि, रणनीतिक योजना (Strategic planning), लेखा तथा खरिद व्यवस्थापन तथा कर्मचारीको क्षमता अभिबृद्घि सम्बन्धि तालिमका लागि श्रोत व्यक्ति
-- प्रमोसनल सामग्री (क्याप, टि-शर्ट, ब्याग, आदि) 
-- फोटो सुट तथा भिडियो डकुमेन्ट्री सेवा
-- सिलाई कटाई सम्बन्धी तालिमका लागि प्रशिक्षक (सिटिइभिटिबाट मान्यता प्राप्त हुनुपर्ने)
-- सुचीकृत हुन प्रत्येक प्रतिलिपीमा संस्थागत सहिछाप सहित तपशिलको कागजातहरु पेश गर्नुपर्नेछ ।

फर्म/कम्पनीको हकमा:

- यस सूचनाको साथमा तोकिएको ढाँचाको निवेदन
- संस्था/फर्म दर्ताको प्रतिलिपी (नवीकरण सहित) 
- PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी
- पछिल्लो आ.व. को करचुक्ता प्रमाणपत्र
- अन्य संघ/संस्था तथा निकायहरुमा सोही किसिमको सेवा प्रवाह गरेको खण्डमा अनुभवको प्रमाणपत्र ।
- विगतमा कालोसूचीमा नपरेको स्व-घोषणा पत्र

व्यक्ति तथा प्रशिक्षकको हकमा:

- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- व्यक्तिगत विवरण (बायोडाटा)
- PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी
- शैक्षिक योग्यता को प्रमाणपत्रको प्रतिलिपी
- अन्य संघ/संस्था तथा निकायहरुमा सोहि किसिमको सेवा प्रवाह गरेको अनुभवको प्रमाणपत्र ।
- वस्तु तथा सेवा आपूर्ति गर्न आधिकारिक एजेन्सी, वितरक भए सोको प्रमाण पत्रको प्रतिलिपि

यस संस्थाको 'सूचीदर्ता फाराम' यहाँबाट डाउनलोड गर्न सकिनेछ (सो फारामका सबै पानामा सहि छाप गरि अनलाईन फाराम भर्दा अनिवार्य अपलोड गर्नुपर्नेछ): https://drive.google.com/file/d/1TxBGvPErm8hueuzixOESU-nereUM9y-f/view?usp=drive_link


सुचीदर्ताको लागि अनलाइन फाराम भर्न यहाँ क्लिक गर्नुहोला: https://forms.gle/hQ2XASo4LQvaXcZz5

फाराम बुझाउने अन्तिम मिति: २०८२ साल असार १० गते ।


सुची दर्ताको लागि कागजात बुझाउने स्थान:
सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा (कार्यालय)
झम्सीखेल–०३, ललितपुर, बागमती प्रदेश, नेपाल
फोन नं: ९७–५४५२९७५,५४५४०१९
इमेल: [email protected]